२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

हिमालयन एभरेस्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठ सम्मानित

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते २०:४६
हिमालयन एभरेस्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठ सम्मानित

काठमाडौं : हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । श्रेष्ठ वुमन ट्याब्लोइड ‘दि भोइस अफ दि वुमन’ले ‘रणनीतिक नेतृत्वमा उत्कृष्ट महिला सीईओ– जनरल इन्स्योरेन्स २०२५’ द्वारा सम्मानित भएकी हुन् ।

बेलायतमा मुख्यालय रहेको वुमन ट्याब्लोइड एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाको पहिचान र सम्मान गर्दै आएको छ । हरेक वर्ष विश्वभरका प्रेरणादायी महिलालाई विविध विधामा सम्मान गर्नेक्रममा यसवर्ष श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड हात पार्न सफल भएकी हुन् ।

श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ । रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको प्रयोग र संस्थागत सुशासनमार्फत् कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति हासिल गर्दै आएको जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise