२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

‘जे एण्ड को’ को नयाँ लक्जरी स्टोर उद्घाटन

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते २०:४८
‘जे एण्ड को’ को नयाँ लक्जरी स्टोर उद्घाटन

काठमाडौं : नेपालको लक्जरी खुद्रा बजारमा जे एण्ड को ले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोरको उद्घाटन गरेको छ । नेपालका वरिष्ठ उद्योगपति राजेन्द्र खेतान र आइरा झुनझुनवालाले सो उद्घाटन गरेका हुन् ।

सो अवसरमा विश्वप्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी पहिलोपटक नेपाल भित्रिएको छ । यस्तै, स्विस लक्जरी ब्रान्ड बालीलाई नयाँ लुक र दृष्टिकोणसहित पुनः लन्च गरिएको छ ।

जे एण्ड को का प्रबन्ध निर्देशक पंकज झुनझुनवालाका अनुसार यो विस्तार नेपालको फेसन क्षेत्रमा नयाँ अध्याय हो । एम्पोरियो अरमानीले आफ्नो शालीनता र शहरी सौन्दर्य प्रस्तुत गर्दछ भने बालीले आफ्नो स्विस विरासतलाई समकालीन दृष्टिकोणमा प्रस्तुत गर्दैछ । दरबारमार्गस्थित यो स्टोर आधुनिक इन्टेरियर र उच्चस्तरीय ग्राहक अनुभवका साथ निर्माण गरिएको छ, जसले अन्तर्राष्ट्रियस्तरको लक्जरी किनमेल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise