२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

शेयर शिक्षा दिन ‘इन्भेष्टमेन्ट गुरु’ सञ्चालनमा

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते २०:४९
शेयर शिक्षा दिन ‘इन्भेष्टमेन्ट गुरु’ सञ्चालनमा

काठमाडौं : नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था सञ्चालनमा आएको छ । काठमाडौंमा शनिबार औपचारिक रूपमा आयोजित एक समारोहबीच लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दीप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरेका थिए । 

कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् । संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो ।

उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए । इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्नेछ । यसका लागि संस्थाको कार्यालयमा सुविधा सम्पन्न कक्षा कोठा तयार गरिएको छ जहाँ एकसाथ भौतिक र अनलाइन कक्षा सञ्चालन गर्न सकिने सुविधा छ ।

शेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्यांकन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने संस्थाले जनाएको छ । संस्थापक झा स्वयं विगत पाँच वर्षदेखि शेयर सम्बन्धी प्रशिक्षण तथा परामर्श क्षेत्रमा सक्रिय छन् । उनकाअनुसार ‘इन्भेष्टमेन्ट गुरु’मार्फत् आधारभूतदेखि एड्भान्स स्तरसम्मको शेयर शिक्षा प्रदान गरिनेछ ।

ADV

सम्बन्धित खबर

Advertise