काठमाडौं : पोखरा महानगरपालिका–३१, बेगनासताल कास्कीस्थित बेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौतासँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार र ग्राहकले बेगनास तालको रमणीय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौता पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल र प्रभु बैंकको तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।