२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

ताप्लेजुङका ५ स्थानीय तहद्वारा बजेट सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ असार १० गते ११:१९
ताप्लेजुङका ५ स्थानीय तहद्वारा बजेट सार्वजनिक

ताप्लेजुङ : एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन् । पाँच स्थानीय तहले रु दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ को बजेट सार्वजनिक गरेका छन् ।

यही असार ५ गते सिदिङ्वा गाउँपालिकाले रु ४४ करोड ५२ लाख ८७ हजारको बजेट प्रस्तुत गरेको थियो । सिरिजङ्घा गाउँपालिकाको १७औँ गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पालिका उपाध्यक्ष डा चित्र माबोले रु ५८ करोड ७४ लाख आठ हजार ८६३ को बजेट सार्वजनिक गरेका छन् ।

आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले यही असार ९ गते एकै दिन बजेट गाउँ सभामा पेस गरेका छन् । आठराई त्रिवेणी गाउँपालिकाको २१औँ गाउँ सभामार्फत आव २०८२/८३ का लागि पालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले रु ५२ करोड ३६ लाख ५४ हजार बजेट प्रस्तुत गरेकी छिन् । मेरिङ्देन गाउँपालिकाले १८औँ गाउँ सभामार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले रु ५० करोड ५७ लाख ५० हजार ९२८ को बजेट गाउँ सभामा पेस गरिन् ।

त्यसै गरी, मैवाखोला गाउँपालिकाले १७औँ गाउँ सभामार्फत पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले रु ४४ करोड ७१ लाख १५ हजारको बजेट गाउँ सभामा पेस गरेकी छिन् । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाको आज बजेट सार्वजनिक गर्ने तयारीमा छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise