२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४७ करोडको बजेट

shivam cement
मध्यान्ह
२०८२ असार १० गते १९:२१
ललितपुर महानगरले ल्यायो ७ अर्ब ४७ करोडको बजेट

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ ।

मंगलबार महानगरपालिकाको सातौं नगर सभामार्फत आगामी आर्थिक वर्षको लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याइएको हो । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य वाचन गरेकी थिइन् ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रशासनिक खर्चतर्फ २९ प्रतिशत र पुँजीगत खर्चतर्फ ६१ प्रतिशत बजेट विनियोजन गरेको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याइएको बताए ।

उनले ललितपुर महानगरपालिका सम्पदा सहर भएकोले सम्पदा क्षेत्रमा गर्नुपर्ने कामहरूलाई विचार गरेर बजेटको व्यवस्था गरिएको जानकारी दिए । नगरप्रमुख महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने सन्दर्भमा हरियाली, पार्क र पोखरीको राम्रो व्यवस्थापन हुने गरी बजेट ल्याइएको समेत जिकिर गरे । 

नगरप्रमुख महर्जनले लगनखेलको सप्तपातल पोखरीलाई प्राथमिकतामा राखेर यहीँ वर्षमै सम्पूर्ण काम सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको समेत बताए ।

ADV

सम्बन्धित खबर

Advertise