२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

हेडाैंडा उपमहानगरले ल्यायो २ अर्ब ९० करोडको बजेट

shivam cement
मध्यान्ह
२०८२ असार १० गते २०:४७
हेडाैंडा उपमहानगरले ल्यायो २ अर्ब ९० करोडको बजेट

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाद्वारा आज आयोजित १७औं नगरसभामा उपप्रमुख राजेशकुमार बानियाँले आगामी आव २०८२/८३ का लागि रु २ अर्ब ९० करोड ३ लाख १० हजार लागतको बजेट प्रस्तुत गरेकी छन् ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि आयोजना बैंक कार्यान्वयनमा ल्याउने भएको छ । मंगलबार १७औं नगर सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मीनाकुमारी लामाले आगामी आर्थिक वर्षबाट आयोजना बैंक कार्यान्वयनमा ल्याउने बताइन् । 

उनले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैंकको व्यवस्थापन सूचना प्रणाली निर्माण गरिने बताइन् । 

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि होटल एशोसियसन मकवानपुरसँगको सहकार्यमा सिटी टुर कार्यक्रमको थालनी गरिने भएको छ । तामाङ र नेवा भाषाको प्रवर्द्धन गर्न स्थानीय पाठ्यक्रमका रुपमा विद्यालय तहमा पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाइने भएको छ । नगर प्रमुख लामाका अनुसार चुरे सुरुङको पर्यटकीय सम्भावना अभिवृद्धि गर्न संघ र प्रदेश सरकारको समन्वय एवम् सहकार्यमा प्रवर्धनात्मक कार्य गरिने भएको छ ।

‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिला/पुरुषलाई प्राथमिकतामा राखी समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्ने नीति उपमहानगरको रहेको छ । उपमहानगरले आफ्नो नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीति अवलम्बन गरेको छ । 

तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख लामाले बताइन् । नगर क्षेत्रमा उत्सर्जन हुने फोहोर मैलाको दिगो व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा फोहोर व्यवस्थापन कार्यलाई उपमहानगरले निरन्तरता दिने भएको छ । डिजिटल सिटीको अवधारणालाई अघि बढाउने नीति समेत उपमहानगरपालिकाको रहेको छ ।

आगामी आर्थिक वर्षमा हेटौंडा १४ मा सार्वजनिक निजी साझेदारीको अवधारणमा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ ।

नगरप्रमुख लामाले नगरलाई हरेक पक्षबाट सवल र सक्षम बनाउने योजनाका साथ बजेट सार्वजनिक भएको बताइन् । उनले नगरको समग्र विकासका लागि सबैलाई सकारात्मक बन्न आग्रह गरिन् ।

ADV

सम्बन्धित खबर

Advertise