२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ असार १० गते २१:२०
एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

बिर्तामोड : लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ । लक्ष्मी कमर्शियलले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुका बस तथा ट्रकहरूको सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा १५० भन्दा बढी विभिन्न क्षेत्रका उद्यमिहरू सहभागी भएका थिए । कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र एसएमएल ईसुजूको कम्पनी विवरण प्रस्तुत गरिएको थियो । लक्ष्मी कमर्शियल भेहिकल्सका बस इन्चार्ज रामहरी थपलियाले एसएमएल ईसुजु सवारीसाधनहरूको प्राविधिक विशेषता र क्षमताबारे जानकारी गराए ।

सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले कम्पनीको सेवा विस्तार र ग्राहक सन्तुष्टिमा केन्द्रित रहँदै, ग्राहकहरूप्रति सदैव प्रतिबद्ध रहेको बताए । उनले ग्राहक सुझावहरूलाई उच्च प्राथमिकतामा राखी आगामी दिनमा अझ उत्कृष्ट सेवा पु¥याउने प्रतिबद्धता जनाए ।

ग्राहक सन्तुष्टि र दीर्घकालीन साझेदारीको उद्देश्यले आयोजित यस कार्यक्रमले झापा क्षेत्रको सन्दर्भमा एसएमएल ईसुजु ब्रान्डप्रति विश्वास अझ सुदृढ भएको कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise