२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

मिसन २०८४ मा पार्टी लागेको बेला आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

shivam cement
मध्यान्ह
२०८२ असार १४ गते १६:५८
मिसन २०८४ मा पार्टी लागेको बेला आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् । जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा चन्द्रागिरी नगरपालिका–१३, कङ्कालीमा आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने बताएका हुन् ।

‘हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन’, अध्यक्ष ओलीले भने, ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए । प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसईईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी गराए ।

यस्तै ओलीले महाकाली सन्धि ठिक रहेको बताए । उनले भने, ‘महाकाली परियोजनासम्बन्धी सम्झौता गर्ने पक्षमा अहिले पनि सरकार छ । अहिले कार्यान्वयन गर्ने पक्षमा सबै छन् । निकट भविष्यमा महाकाली सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर सम्झौता पनि कार्यान्वयन गर्छौं । यो गर्न पाउनुपर्छ ।’  

प्रधानमन्त्री ओलीले महाकाली सम्झौता अन्तर्गत बिजुली, पानी लिइएको बताए । उनले भने,‘महाकाली सम्झौता ठिक छ । कुनै नदीखोला बेचेका छैनौँ ।’ 

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमाले राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता बेच्ने पार्टी नरहेको बताए । उनले राष्ट्रिय स्वाधिन्तामा अलिकति तलमाथि पनि हुन नदिइने बताए । 

ADV

सम्बन्धित खबर

Advertise