२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पूर्वराष्ट्रपति भण्डारीले गरिन् राजनीतिमा फर्किएको घोषणा

Nada
२०८२ असार १४ गते १७:२२
Shares
पूर्वराष्ट्रपति भण्डारीले गरिन् राजनीतिमा फर्किएको घोषणा

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्केको घोषणा गरेकी छन्। शनिवार मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको समारोहमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो घोषणा गरेकी छन्।  

ncell

एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् ।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

उनले ममदन भण्डारीले देखेको सामाजिक न्याय, समानता र समृद्ध समाजको सपना अधुरै रहेको बताइन् ।

उनले उक्त सपनालाई साकार पार्न सबैले मदन भण्डारीको विचारलाई व्यवहारमा उतार्न थप सक्रियता देखाउनुपर्नेमा जोड दिइन्।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मदनका सपनाहरू साकार पार्ने दिशामा अग्रसर तपाईंहरूको साथमा म आफू पनि सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले मदन भण्डारीको निधनपछि आफू शोकमा डुबेका बेला पार्टीले काठमाडौंको उपनिर्वाचनमा उम्मेदवार बनाएको स्मरण गर्दै भनिन् ‘यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमा–बुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौंका जनताले दिए भन्ने अनुभूति त्यसबेलै मैले गरेकी थिएँ।’

पूर्वराष्ट्रपति भण्डारीले आफूले पार्टी सदस्यता नवीकरण गरी पुनः नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा जोडिएकोमा गर्व महसुस गरेको बताइन्। ‘मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो,’ उनले भनिन्।

उनले मदन भण्डारीको राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन भन्ने भनाइलाई स्मरण गर्दै आफू सोही आदर्शमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन्।

ताजा खबर

सम्बन्धित खबर