२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

२३ विधामा राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड प्रदान

ADV
मध्यान्ह
२०८१ असार २८ गते १८:०४
२३ विधामा राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड प्रदान

काठमाडौं : आदिवासी जनजातिको चलचित्र एवम् गीत संगीतको प्रवर्द्धनका लागि आयोजना हुँदै आएको ‘राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड’काे दोस्रो संस्करण बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा संगीतमा १४ विधा र आदिवासी चलचित्रमा ९ विधा गरेर २३ विधामा ‘दोस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०२४’ प्रदान गरियो ।

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले प्रमुख आतिथ्यता ग्रहण गर्दै विभिन्न कलाकारलाई सम्मान प्रदान गरे । समारोहमा वरिष्ठ गायिका तथा चरित्र अभिनेत्री कविता आले मगरलाई दीर्घ साधना सम्मान र चलचित्र निर्माता तारादेवी लिम्बूलाई राष्ट्रिय सम्मान प्रदान गरियो । यस्तै गुरुङ चलचित्र अभिनेता राजु गुरुङ, अग्रज लोकगायक नमराज ढुँगाना, गायक हिमाल श्रेष्ठ, कलाकार शेरबहादुर गुरुङ, दोहोरी गायिका कालिका रोक मगर र व्यवसायी मिलन लामा पनि सम्मानित भए । दुवै अवार्डको जुरीमा अभिनेता धिरेन शाक्य, चलचित्र निर्देशक दिनेश लिङ्देन, संगीत संयोजक शाहश शाक्य र गायक रमेश पाठक थिए । 

समारोहमा आदिवासी चलचित्र चरित्र अभिनेत्रीको अवार्ड सेमेवाबाट पवित्रा लिम्बू, आदिवासी चलचित्र चरित्र अभिनेत्रीको पब्लिक च्वाइस अवार्ड बबिता नेयोहाङ, लिम्बू चलचित्रको अवार्ड युक्पुङ, लिम्बू चलचित्रमै पब्लिक च्वाइस अवार्ड चलचित्र सेमेवाले हासिल गरे । उत्कृष्ट गुरुङ चलचित्रको अवार्ड शिर सुवाले पायो भने शिर सुवाबाटै माओत्से गुरुङले उत्कृष्ट गुरुङ चलचित्रको अवार्ड जिते । चलचित्र जिउनीले जुरी अवार्ड पायो भने गुरुङ चलचित्रतर्फ आफ्नै कर्मले पब्लिक च्वाइस अवार्ड हासिल गर्‍यो ।

लिम्बू चलचित्र उत्कृष्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट सागर सुब्बा, लिम्बू चलचित्र निर्देशकमै पब्लिक च्वाइस अवार्ड सुगुप चलचित्रबाट लोकेन साँवाले हासिल गरे । आदिवासी चलचित्र चरित्र अभिनेताको अवार्ड जिउनीबाट अच्युत गुरुङ, गुरुङ चलचित्र अभिनेताको अवार्ड चलचित्र शिर सुवाबाट विश्वास गुरुङले प्राप्त गरे ।

गुरुङ चलचित्र अभिनेताको जुरी अवार्ड आनन्द गुरुङ, पब्लिक च्वाइस अवार्ड टेकबहादुर गुरुङ र लिम्बू चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गरे । आदिवासी चलचित्र अभिनेत्रीको अवार्ड जिउनीबाट आकृति गुरुङ, आदिवासी चलचित्र अभिनेत्रीको जुरी अवार्ड सिर्जना माश्राङगी मगर, लिम्बू चलचित्र अभिनेत्रीको अवार्ड विमला खजुम लिम्बू, मेकअप आर्टिष्टको अवार्ड उर्मिला लामा र आदिवासी भेषभुषाको अवार्ड सरु माङमो लिम्बूले हासिल गरे ।

यस्तै संगीततर्फ आदिवासी लोक गीत गायकको अवार्ड सुमन लिम्बू, गायकतर्फकै जुरी अवार्ड असार सिंह निङलेकु र पब्लिक च्वाइस अवार्ड गायक भिम लिम्बूलाई प्रदान गरियो । आदिवासी लोक गीत गायिकाको अवार्ड अन्जना लिम्बू, लोकगीत गायिकाकै पब्लिक च्वाइस अवार्ड गँगा लिम्बूलाई प्रदान गरियो । 
समारोहमा आदिवासी गीत गीतकारको अवार्ड कल्पना आङबुहाङ लिम्बू, गीतकारकै जुरी अवार्ड ओम छिनाल र गीतकार पब्लिक च्वाइस अवार्ड गौरीमान लिम्बूले हासिल गरे । यस्तै आदिवासी कौडा गीतत‍र्फ गायकको अवार्ड मौसम गुरुङ, कौडामै पब्लिक च्वाइस अवार्ड सानु पुलामी मगर र कौडा गीत गायिकाको अवार्ड निुत पुनले हासिल गरे । 

समारोहमा आदिवासी गीत संगीत संयोजकको अवार्ड सुनिल परियार, आदिवासी म्युजिक भिडियो निर्देशकको अवार्ड हाङ चम्जोङ, भिडियो निर्देशक जुरी अवार्ड दिप गुरुङ, आदिवासी म्युजिक भिडियो पुरुष मोडलको अवार्ड गजेन्द्र साम्बाहाम्फे, आदिवासी म्युजिक भिडियो पुरुष मोडल जुरी अवार्ड सञ्जिब लिम्बूले हासिल गरे । आदिवासी म्युजिक भिडियोमै महिला मोडलको अवार्ड रिना गुरुङ र महिला मोडल जुरी अवार्ड सुस्मिता गुरुङले प्राप्त गरे । यस्तै तामाङ गीत गायकको अवार्ड टीका बम्जन, तामाङ सेलो पुरुष मोडलको अवार्ड अभि लामा र सेलो पुरुष मोडलको जुरी अवार्ड छिरिङ तामाङलाई प्रदान गरियो । 

यस्तै तामाङ सेलो महिला मोडलको अवार्ड अनिता गोले, लिम्बू गीत म्युजिक भिडियो महिला मोडलको अवार्ड दुर्गा कुमारी लिम्बू, लिम्बू गीत म्युजिक भिडियो नवमहिला मोडलको अवार्ड मिरा फियाक, आदिवासी गीत नृत्य निर्देशकको अवार्ड केशव कोइराला, नृत्य निर्देशकमै पब्लिक च्वाइस अवार्ड चुडामणि फुयाल र आदिवासी गीत ध्वानी सम्पादनको अवार्ड डिका गुरुङलाई प्रदान गरियो ।

कार्यक्रममा सभापति एवम् आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले आदिवासीहरुलाई मूलधारमा ल्याउन अवार्ड कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रम संयोजक शनी लिम्बूले सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise