२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन गर्ने आयोगको निर्णय

shivam cement
मध्यान्ह
२०८२ असार १६ गते १४:४२
कात्तिक १७ गते रुपन्देही-३ मा  उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाडौं : प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमबार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ । बोहोराको गएको चैत १९ गते निधन भएको थियो ।

बोहराको निधनसँगै रिक्त निर्वाचन क्षेत्रमा कार्तिक १७ गते सोमवार निर्वाचन हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । 

उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रुपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पदमा २०८२ कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्नेगरी निर्वाचन गर्ने निर्णय भएको छ ।’

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रिक्त पदमा निर्वाचन गराइएको हो ।

ADV

सम्बन्धित खबर

Advertise