२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, १३ एजेण्डामा छलफल हुने

shivam cement
मध्यान्ह
२०८२ असार १६ गते १७:२३
कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, १३ एजेण्डामा छलफल हुने

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । सोमबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकका १३ वटा एजेण्डा छन् ।

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले १ सय दने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिएका नेताहरुले धाराणा राख्ने क्रम जारी रहेको बताए ।

साथै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन पनि प्रस्तुत गरेको उनले जानकारी दिए ।

प्रवक्ता महतका अनुसार बैठकमा अनुशासन समितिले धेरै दिनको बैठक गरेर विभिन्न जिल्लाबाट आएका गुनासो, निवेदन तथा अनुशासन तोडेका विषयमा छलफल हुनेछ । क्रियाशील सदस्यता नविकरणका बारेमा पनि छलफल हुने उनले बताए । भ्रातृ संगठनहरुले समयमै अधिवेशन गर्न नसकेको विषय, विदेशस्थित जनसम्पर्क मञ्च लगायतका बारेमा पनि छलफल हुने प्रवक्ता महतले बताए ।

बैठकमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषयमा पनि छलफल हुनेछ । उनकाअनुसार कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरिने विषय पनि रहेको छ ।

जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय पनि छलफलको एजेण्डा बनेको छ । साथै संसद र सरकारमा पार्टीको भुमिको प्रभावकारिता, समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुने उनले बताए ।

प्रवक्ता महतले भ्रातृ संगठनको अधिवेशन हुन नसकेकोमा आफ्नो आफ्नो दृष्टिकोण रहेको बताउँदै यस विषयमा केन्द्रीय समितिले निर्णय गर्ने बताए । बैठक ४/५ दिनसम्म चल्ने उनले बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise