२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मेकअप आर्टिस्ट उप्रेती सम्मानित

ADV
मध्यान्ह
२०८१ असार २८ गते २१:००
मेकअप आर्टिस्ट उप्रेती सम्मानित

काठमाडौं : मेकअप आर्टिस्ट गिता उप्रेती सम्मानित भएकी छन् । मिस एण्ड मिसेस ब्युटिफुलका आठौं र नवौं संस्करणमा उनलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, विशिष्ट अतिथि संगीतरत्न शम्भुजित बास्कोटा र कार्यक्रम व्यवस्थापक टेकराज पाण्डेले गिता उप्रेतीलाई सम्मानपत्र, खादा, माला र दोसल्लाले सम्मान अर्पण गरेका थिए ।

सौन्दर्य क्षेत्रमामार्फत समाजसेवामा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । उप्रेती विगत लामो समयदेखि सौन्दर्य क्षेत्रमा संलग्न रहँदै आएकी छन् । समाजमा रहेर आफूलाई स्थापित गर्ने क्रममा उप्रेतीले एक दशकदेखि सौन्दर्य तथा विभिन्न व्यक्तिहरुलाई तालिम दिँदै आएकी छन् । 

दक्ष इन्टरनेशनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा सम्पन्न भएको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’मा नवौं संस्करणको ‘मिस ब्युटिफुलको कार्यक्रम बीच मेकप आर्टिस्ट उप्रेतीलाई सम्मान गरिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise