२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

१ हजार ७४ किलो गाँजासहित ४ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते १३:३९
१ हजार ७४ किलो गाँजासहित ४ जना पक्राउ

मकवानपुर : कैलाश गाउँपालिका–५ कटहरेबाट १ हजार ७४ किलो अवैध गाँजासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा छन् । 

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बद्धिबहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागुऔषधसहित ९ जना पक्राउ

झापाको बिर्तामोड नगरपालिका–३ भगवानचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित सोही नगरपालिका–३ शिवालय टोल बस्ने २६ वर्षीय वीरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।   

कैलालीको  घोडाघोडी नगरपालिका–१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थ दुई किलो ७१४ ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्लाको सर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले थप अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रोल्पाको लुङग्री गाउँपालिका–७ की ३२ वर्षीया पुनम पुन मगरलाई समेत पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागुऔषध गाँजा करिब चार किलो ७०० ग्राम र पोलेन चार किलो ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise