२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
२०८२ असार २३ गते १६:०२
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–८ अर्याल बस्ती बस्ने तेह्रथुम फेदाप गाँपालिका–१ लामथुम्बा घर भएका ४१ वर्षीय सुकबिर लुङवा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–८ अर्याल बस्तीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित खबर