२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

लागुऔषधसहित युवक पक्राउ

shivam cement
शहबाज खान
२०८२ असार २५ गते २२:२०
लागुऔषधसहित युवक पक्राउ

कपिलवस्तु : भारतबाट नेपालतर्फ लागुऔषध लुकाएर ल्याउँदै गरेका एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा शिवराज नगरपालिका–१, बनकसबास निवासी २२ वर्षीय सुमन चुदारो रहेका छन् । कृष्णनगर नगरपालिका–२ स्थित यात्रु गेट नजिक खटिएको इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका चुदारोलाई पक्राउ गरेको हो । 

२०७२ असार २४ गते साँझ करिब ४ बजेतिर चेकजाँचको क्रममा प्रहरीले चुदारोले लगाएको बायाँ खुट्टाको चप्पलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो रंगको लागुऔषध बरामद गरेका हो ।  पक्राउ परेका चुदारोलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise