२०८२ असार २७ गते शुक्रवार / Jul 11 , 2025 , Friday
२०८२ असार २७ गते शुक्रवार
Ads

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असार २६ गते १३:०६
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका–२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन् । 

पक्राउ परेका मध्ये सजुले सर्बिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र नारायणले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका१६ बाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise