काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिवेला अडिसन भइरहेको छ । पहिलो अडिसन बाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भएका छन् ।
मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भबिस्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको स्पार्कल इन्टरटेनमेन्ट अध्यक्ष अम्बिका अर्यालले बताइन् । प्रतियोगिताको अन्तिमस्पर्धा भदौ १९ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुँदैछ ।
बाजेको सेकुवा स्पोन्सर रहेको प्रतियोगिताको कोओडिनेटर नितु श्रेष्ठ छिन् । विवाह अघि र विवाह पछि पनि करियरलाई थप मद्दत पुग्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको स्पार्कलका उपाध्यक्ष सुनिला केसी र कोषाध्यक्ष प्रमिला प्रधानंगले बताइन् ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिब एक महिना लामो प्रशिक्षण दिइने छ । त्यस क्रममा उनीहरूलाई कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ । यसका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइनेछ।
अश्विनीकान्त झा अफिसियल कोरियोग्राफर रहेको यो प्रतियोगिताको मुख्य जजमा रुवी राणा र प्रियारानी रहेकी छन् ।
प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्यापर प्रदान गरिनुका साथै म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै विजेता कोरियन ब्राडको द सीम नेपालको एम्बेसडर बन्ने छन् । त्यस्तै फर्स्ट रनर अप तथा सेकेन्ड रनर अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies