२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

त्रिशूली बस दुर्घटना : पौडिएर बाँचेका यादवलाई गरुडा नगरपालिकाको सहयोग

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ३० गते १७:१२
त्रिशूली बस दुर्घटना : पौडिएर बाँचेका यादवलाई गरुडा नगरपालिकाको सहयोग

रौतहट : चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा खसेको बसबाट हामफालेर पौडिएर बाँच्न सफल भएका जुगेश्वर राय यादवलाई गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद जयसवालले २५ हजार नगदसहित खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा पौडेर बाँच्न सफल भएका गरुडा नगरपालिका वडा नं ९ सिसवाका यादवको घरमा पुगेर नगर प्रमुख जयसवालले उनको स्वास्थ्य अवस्था बुझ्दै नगदसहित खाद्यान्न सहयोग गरेका हुन् ।

उक्त दुर्घटनामा यादवका परिवारका ४ जना बेपत्ता भएका छन् । नगर प्रमुख जयसवालले पीडित परिवारलाई धैर्य धारणको कामना गर्दै तत्काल गरुडा नगरपालिकाको तर्फबाट २५ हजार तथा खाद्यान्न सहयोग गरिएको बताए ।

मेयर जयसवालले समस्यामा परेका परिवारको स्वास्थ्य उपचारलगायत आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । साथै बेपत्ताहरुको तीव्र खोजी गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन उनले संघीय सरकारसँग माग गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise