२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाणगंगाका दुई वडा पोषणमैत्री घोषणा

ADV
क्षितिज किरण
२०८१ असार ३० गते २०:४२
बाणगंगाका दुई वडा पोषणमैत्री घोषणा

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकाको दुई वटा वडा पोषणमैत्री वडा घोषणा भएका छन् । नगरपालिकाको ११ वडाहरुमध्ये वडा नं. ५ र ८ पोषणमैत्री वडा घोषणा तोकिएको लक्ष्य पूरा गरेका हुन् ।

बाणगंगा नगरपालिकामा बसेको जिल्ला स्तरीय अनुगमन तथा सिफारिस समितिले बाणगंगा नगरपालिकाका २ वडाहरुलाई पोषणमैत्री वडा घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०८० अनुसार वडा घोषणा सिफारिस गर्ने जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य संयोजक रहेको समितिको बैठक बसी सिफारिस गर्ने निर्णय गरिएको हो ।

बाणगंगा नगरपालिकाको वडा नं. ५ र ८ ले पोषणमैत्री वडा घोषणाका लागि कार्यविधि अनुसार अनुगमन मूल्यांकन गर्दा तोकिएको मापदण्ड र सूचकहरु अनुसूची ४ पुरा गरेकाले बाणगंगा नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीले जानकारी दिए । 

पोषणमैत्री घोषणाका लागि वडाहरुले पोषणमैत्री स्वास्थ्य संस्था, बालबालिकाको शिक्षा, महिला तथा बालबालिकाको क्षेत्र, खानेपानी तथा सरसफाई क्षेत्र, कृषि विकास, पशुपन्छी र शासकीय प्रबन्ध लगायतका क्षेत्रमा तोकिएको लक्ष्य हासिल गरेको आधारमा बाणगंगा नगरपालिकाका ती वडाहरु घोषणा  भएको हो । वडामा अपांगमैत्री शौचालयदेखि स्तनपान कक्षको समेत व्यवस्था अनिवार्य गरिएको छ ।

बैठकमा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले पोषणमैत्री वडा घोषणा कार्यक्रम भएको बताए । 

उनले विगतमा बालमैत्री स्थानीय शासन नगर घोषणा भइसकेकाले त्यसको दिगोपनामा नगरपालिकाले लाखौं लगानी गरिरहेकोले अन्य सूचकहरु कार्यान्वयनमा सहजता आएको बताए । 

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरको द्रुत विकासमा फरक तरिकाले काम गर्न खोजिएको बताउँदै भौतिक पूर्वाधारसँगै सामाजिक विकासको क्षेत्रमा धेरै लगानी गरेको जानकारी दिए । वडा घोषणा गर्नुपूर्व विषयगत कार्यालय र शाखाले अनुगमन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise