२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

कुवेत पठाइदिने भन्दै ठग्ने एक पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन ४ गते २१:४१
कुवेत पठाइदिने भन्दै ठग्ने एक पक्राउ

काठमाडौं : आकर्षक तलबसहितको वैदेशिक रोजगारीमा कुवेत पठाइदिने प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८ घर भएका ४२ वर्षीय सन्तोष सुनुवार रहेका छन् । 

सुनुवार कुवेत पठाइदिन्छु भन्दै पीडितबाट १ लाख ५३ हजार रुपैयाँ लिइ सम्पर्कविहीन बनेपछि पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर महालक्ष्मी–७ बाट पक्राउ गरेको हो ।

उनलाई वैदेशिक रोजगार ऐनअनुसार अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise