२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

संघमा पाँच सल्लाहकार नियुक्त

Nada
२०८२ साउन ५ गते ०६:१५
Shares
संघमा पाँच सल्लाहकार नियुक्त

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन जना सल्लाहकार र दुई जना कानुनी सल्लाहकार नियुक्त गरेको छ । संघका महासचिव महेशकुमार बस्नेतका अनुसार प्रमुख सल्लाहकारमा संघका पूर्वअध्यक्ष नुर अपरच्युनिटिज ओभरसिज प्रा.लि.का सञ्चालक तिलकबहादुर रानाभाट तथा सल्लाहकारमा प्याराडाइज इन्टरनेशनल ओभरसिज प्रा.लि.का सञ्चालक नवराज केसी र फ्युचर स्टार म्यानपावर प्रा.लि.का सञ्चालक हरिबहादुर पाण्डे क्षेत्री नियुक्त भएका छन् ।

ncell

संघका पूर्वअध्यक्ष रानाभाट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोेसिएसनका संस्थापक अध्यक्ष, सल्लाहकार केसी वैदेशिक रोजगार व्यवसायी ललितपुर समाजका अध्यक्ष र संघका पूर्वसल्लाहकार पाण्डे क्षेत्री संघका पूर्वप्रथम उपाध्यक्ष तथा नेपाल वैदेशिक रोजगार व्यवसायी सामाखुशी एकता समितिका अध्यक्ष हुन् । संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी  संघको पदेन सल्लाहकार छन् ।

त्यसैगरी संघले प्रमुख कानुनी सल्लाहकारमा नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र कानुनी सल्लाहकारमा अधिवक्ता अनुपम भट्टराईलाई नियुक्त गरेको छ । 

त्यसैगरी संघको कार्यसमितिमा मनोनीत ४ जना सदस्यहरूले पनि आइतबार शपथ ग्रहण गरेका छन् । संघका अध्यक्ष भुवनसिंह गुरुङले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधान २०४९ को दफा १७ (१) अनुसार अल जाफर इन्टरनेशनल प्रा.लि.का सञ्चालक मोहमद जवारुदिन मियाँ, भर्षा मेनपावर प्रा.लि.का सञ्चालक रविन मेगाले मगर, रेडियन्ट ओभरसिज प्रा.लि.का सञ्चालक शिवकुमार कार्की र रोज ह्युमन रिसोर्सेस प्रा.लि.की सञ्चालिका सविताकुमारी सिंहलाई सदस्यमा मनोनीत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर