२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८२ साउन ५ गते १७:५४
Shares
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका(९ बस्ने धादिङ नेत्रावती गाउँपालिका–५ घर भएका २९ वर्षीय सुदिप सापकोटालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

सुदिपले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपलिका–१५ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित खबर