२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

चोरीमा संलग्न एक जना पक्राउ

Nada
२०८२ साउन ५ गते १८:५२
Shares
चोरीमा संलग्न एक जना पक्राउ

कास्कीः चोरीमा संलग्न रहेको अभियोगमा माछापुछ्रे गाउँपालिका–९ घर भएका २३ वर्षीय ओम बहादुर भुजेललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

ncell

पोखरा महानगरपालिका-५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाबाट नगद १२ लाख ३० हजार रूपैयाँ शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनलाई पोखरा महानगरपालिका–६ डिकोपाटनबाट चोरी भएको नगद ९ लाख ९७ हजार ५ सय रूपैयाँ र मोबाइल २ थानसहित फेला पारी पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा १० दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर