काठमाडौं : काठमाडौंको ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उनीहरुको साथबाट २ केजी सुन र २४ लाख नगद बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू दुई जना प्रेमी प्रेमिका रहेको खुलेको प्रहरीले जनाएको छ । थान डेढ महिना अघि काठमाडौं आएका थिए भने उनकी प्रेमिका केही दिनअघि मात्रै काठमाडौं आएको प्रहरीले जानकारी दिएको छ । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।