२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन ६ गते १४:४२
बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका–३० बस्ने ४९ वर्षीया लता गुरूङ श्रेष्ठ र काठमाडौं महानगरपालिका–२९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका–५ घर भएका ४९ वर्षीय वृहस्पति राई रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा २ लाख २२ हजार रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८ हजार ८ सय ८० रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भइ फरार रहेकी लतालाई काठमाडौं सितापाईलाबाट सोमबार पक्राउ गरेको हो । 

साथै सोही मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ असार २८ गतेको फैसलाले २० लाख रूपैयाँ जरिवाना, ४ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भइ फरार रहेका वृहस्पतिलाई काठमाडौं शंखमुलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise