२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

२ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

shivam cement
२०८२ साउन ७ गते १२:५७
Shares
२ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौंः २ किलोग्राम सुन तथा नगद २४ लाख रूपैयाँ सहित २ जना चिनियाँ नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ ज्याँठा बस्ने चीन सिचुआन घर भएका ४६ वर्षीय चुन्लिन टान र २४ वर्षीया छुइमी जोउ रहेका छन् । 

छुइमी जोउ समेतका व्यक्तिहरूले भन्सार छली गरेको सुन नेपालमा ल्याई काठमाडौं महानगरपालिका–२६ ज्याँठास्थित जिउ डिङ युन बिन गाउ होटलमा बसी अवैध रूपमा कारोबार गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले होटलको ३०४ नम्बरको कोठा तलासी गर्दा बिस्कुट आकारमा रहेको उक्त परिमाणको सुन तथा नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

सम्बन्धित खबर