२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

ठगीमा संलग्न ३ जना पक्राउ

Nada
२०८२ साउन ८ गते १७:०२
Shares
ठगीमा संलग्न ३ जना पक्राउ

काठमाडौंः ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–२ घर भएका २३ वर्षीय विशाल घिमिरे, काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने सर्लाही लालबन्दी नगरपालिका–१ नवलपुर घर भएका २५ वर्षीय समिर सिंह र ललितपुर महालक्ष्मी नगरपालिका–५ ईमाडोल बस्ने सर्लाही कविलासी नगरपालिका–९ सल्यानपुर घर भएका २६ वर्षीय अशोक कुमार यादव रहेका छन् ।

अमेरीका जाने प्रयोजनका लागि बैंक ब्यालेन्स देखाउन १ करोड २० लाख  रकम आवश्यक भएको बहाना बनाई पीडितहरूलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गर्न लगाई अन्य व्यक्तिहरूको बैंक खाताहरूमा स्थानान्तरण गरी/गराई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

uae

ताजा खबर

सम्बन्धित खबर