२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कुलिङ अफ पिरियड छेडखानीमा ओलीलाई छानविनको दायरामा ल्याउन प्रचण्डको माग

Nada
२०८२ साउन १० गते १३:३०
Shares
कुलिङ अफ पिरियड छेडखानीमा ओलीलाई छानविनको दायरामा ल्याउन प्रचण्डको माग

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गरेकाअ छन् ।

ncell

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले संघीय निजामति ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका रहेपनि आधार नरहेको तर अहिले राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको क्रियाकलपाका कारण प्रधानमन्त्री नै संलग्न भएको आधार पुष्टि भएको जिकिर गरे । उनले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए। एमाले पार्टीको नेतृत्वकै कारण कुलिङ अफ पिरियडमा छेडखानी भएको जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘तपाईंहरुले देख्नुभएको छ । अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषा जस्तो भएको छ । अहिलेको सरकार भनेकै त्यस्तै हो । जसरी संघीय निजामति ऐन सुन्नुभएको छ । कुलिङ अफ पिरियड दुई वर्ष सर्वसम्मत भएको हो । सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो । तर अहिले त्यो राख्न हुँदैन भनेर लास्टमा गएपछि चिज के रहेछ भन्नेकुरा बिरालोले अन्तिममा म्याउँ गरिछोड्यो भन्नेकुरा जस्तो एमालेले म्याउँ गरि नै हाल्यो । उसको नै रहेछ नियत, षड्यन्त्र गर्ने, यसका निम्ति जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ । संसदीय छानविन समितिलाई भनेको छु, संकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो । तर ठोस रुपमा भन्ने आधार थिएन, अहिले एमालेका सांसदहरुले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । छानविनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ हामीले भनेका छौँ । हाम्रा माननीय सदस्यहरुले सदनमा पनि उठाउनुभएको छ ।’

अध्यक्ष दाहालले अहिले जालझेल, ठगी, बेइमानी र भ्रष्टाचारको परिभाषा सरकार भएको आरोप लगाए।  
 

ताजा खबर

सम्बन्धित खबर