२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते २०:४०
मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन १५ गते प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

आज नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

यसैबीच कांग्रेस संसदीय दलको बैठकपछि प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित रही मुख्यमन्त्री शाह पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ ।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नाउपाले समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारसँग बहुमत कायम छ ।  

तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम यही साउन १७ गतेभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहनुभएका रामेश्वर चौधरीलाई आर्थिक पारदर्शिता र सुशासन कायम गर्न मुख्यमन्त्रीबाट भएको आग्रह बेवास्ता गरिएपछि उनलाई पदमुक्त गरिएको थियो ।

लगत्तै सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश सरकारका मन्त्री पदमुक्त भएको यो घटनापछि प्रतिनिधिसभामा, सो पार्टीको संसदीय दलले पनि संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको थियो ।

प्रदेशसभामा चौथो ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ प्रदेशसभा सदस्य छन् । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रसँग ११, नेकपा एकीकृत समाजवादीसँग चार (एक निलम्बित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।

ADV

सम्बन्धित खबर

Advertise