२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८२ साउन १३ गते १४:१२
Shares
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बस्ने दोलखा शैलुङ गाउँपालिका–२ घर भएका २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राजुले काठमाडौं महनागरपलिका–३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी हुँ भनि रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले हाल सम्म १३ लाख २५ हजार रूपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर