२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विशेष अदालतको विशेष सफलता

ADV
दिवाकर अधिकारी
२०८१ साउन १ गते ०६:५०
विशेष अदालतको विशेष सफलता

काठमाडौं : अघिल्लो वर्षसम्म विशेष अदालतमा दुई सय बढी पुरानो मुद्दा थिए । १८ मंसिर, २०८० देखि विशेष अदालतमा टेकनारायण कुँवर नेतृत्वमा आए । नेतृत्व सम्हालेपछि उनले पुरानो सबै मुद्दाको किनारा लगाउने प्रतिवद्धता जनाएका थिए । 

‘कतिपयले यो पत्याउने विषय थिएन । तर, हामीले प्रतिवद्धताका साथ काम गर्‍यौं र उपलब्धि हासिल गर्‍यौं’ सोमबार अध्यक्ष कुँवरले पत्रकार सम्मेलन गरेर उपलब्धी सुनाए । उनका अनुसार ६ महिना भन्दा पुरानो सबै मुद्दाको किनारा लागेको छ ।

२०८० असार मशान्तमा ३५९ वटा पुराना मुद्दा रहेको थियो । विशेष अदालतमा अहिले ६९ वटामात्रै मुद्दा छन् । विशेष अदालतले चालु आर्थिक वर्ष २०८०÷८१ मा दर्ता भएका २१६ वटा मुद्दासमेत फैसला गरेर पुराना मुद्दाको संख्या उल्लेख्य रुपमा घटाएको हो । 

विशेष अदालतमा कुँवरको नेतृत्वमा अन्य न्याययाधीशहरुको नयाँ टोली पुगेको थियो । त्यसमा न्यायाधीश डा. खुसीप्रसाद थारु भने पहिलेदेखि नै कार्यरत थिए । आफूहरुको टिम आएपछि पुराना मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ र फैसला गरेको कुँवरले बताए । उनीहरु आउँदा विशेष अदालतमा ३२८ वटा मुद्दा बाँकी थिए, जसमध्ये ७४ वटा मुद्दा दुई वर्ष नाघेका थिए ।

विशेष अदालत ऐनमा दर्ता भएको ६ महिनाभित्र मुद्दाको फैसला गर्नुपर्ने व्यवस्था छ । तर विभिन्न कारण समयमा मुद्दाको सुनुवाइ र फैसला हुन सकेको थिएन । 

तर पछिल्लो एक वर्षमा पुराना मुद्दा समेत फछ्र्योट गरेर विशेष अदालतले विशेष सफलता प्राप्त गरेको हो । यसका लागि विशेष अदालतले यो वर्ष लक्ष्यभन्दा बढी मुद्दा फैसला गरेको छ । 

मुद्दाको तुलनामा फछ्र्योट भएको प्रतिशत १० वर्षयताकै बढी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्की बताउँछन् । उनका अनुसार, यो वर्ष कुल मुद्दामध्ये ८८ प्रतिशत मुद्दा फैसला भएको छ । यो वर्षमा मात्रै विशेष अदालतले २ वर्ष नाघेका १९९ वटा मुद्दा फैसला गरेको छ ।

फैसला भएका ५०६ वटा मुद्दामा १५९ वटा मुद्दामा आंशिक ठहर भएका छन् । मुद्दा लागेकामध्ये सबै आरोप ठहर नभएका मुद्दालाई विशेष अदालतले आंशिक ठहर भन्ने गरेको छ । सबै आरोपितहरु दोषी ठहर भएका मुद्दा १०४ वटामात्रै छन् भने २४३ वटा मुद्दामा कुनै पनि आरोपितहरु दोषी ठहर भएनन् । विशेष अदालतमा पेश भएकामध्ये ४८ प्रतिशत मुद्दामा मात्रै आरोपितहरु दोषी ठहर भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise