काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
आज न्यायाधीयशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रसाईंसँग अदालतले बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटी मागेकाे हाे ।
तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धराैटी मागिएकाे हो ।