२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

हाया भिसामा कतारमा अस्ताएका मोरङका राईको शव नेपाल पठाउन एनसीसी कतारको सहयोग

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन १९ गते २०:२१
हाया भिसामा कतारमा अस्ताएका मोरङका राईको शव नेपाल पठाउन एनसीसी कतारको सहयोग

दोहा कतार : हाया अर्थात् भ्रमणका लागि प्रयोग हुने भिसामा कतार आएका मोरङका एक व्यक्तिको निधन भएको छ । कतारलाई विगत एक दशक लामो समय रोजगारीको स्थल बनाएका बेलबारी नगरपालिका ४ का बच्चु कुमार राई (निशान) को निधन भएको हो ।

कतारमा सन् २०११ मा स्थापित फुटबल क्लब कलेक्सन फुटबल क्लब (सिएफसी)का संस्थापक अध्यक्ष समेत रहेका राईको नजिकका साथी नारायण चौधरीका अनुसार करिब डेढ दशक भन्दा पहिले ड्राइभर भिसामा कतार आएका उनले त्यसको केही समयपछि आफ्नै व्यवसाय समेत थालेका थिए । 

आफू केही कानुनी उल्झनमा परेपछि आफ्नो कम्पनी एक भारतीय सहकर्मीलाई सुम्पेर उनी नेपाल पुगेपनि पछिल्लो समय दोहा आउजाउ बाक्लिएको बताउँछन् । 

व्यावसायिक मनस्थितिले गत जुलाई ७ तारीक कतार आएका उनी  ८ तारिख नै बिरामी परेपछि कतारको सरकारी हमाद अस्पताल भर्ना गरेर उपचार थालिएपनि जुलाई २९ तारिख मध्यराति उनले निमोनियाका कारण आफ्नो प्राण गुमाएका थिए । 

४ वर्षीय छोरीको बुबा समेत रहेका राईको मृत्युको खबर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(एनआरएन एनसीसी)कतारका श्रमिक विभाग संयोजक सन्तोष पौडेलको जानकारीमा आएसँगै सचिव अर्जुन संग्रौलासहित सामाजिक अभियन्ता क्रान्ति सिंह र राईका छिमेकी चौधरीहरूको तदारुकतामा सोमबार बिहान शव नेपाल पुगेको छ । 

कतारमा हाया भिसामा आएको नेपालीको मृत्यु दोस्रो पटक भएका कारण कानुनी मापदण्ड र प्रक्रिया बुझ्दै दूतावासको साथ सहयोग लिँदै शव नेपाल पठाउन सकिएको संयोजक पौडेलले बताए । आइतबार मध्यराति शव पठाउन अलखोरमा रहेको हमाद अस्पताल पुगेका एनसीसीका विभिन्न पदाधिकारीहरू पत्रकारसहित राईका आफन्तले एक मिनेट मौन धारण गरी सब पठाइएको हो ।

उनको शव पठाउन राईले सुम्पेको कम्पनीका मालिक भारतीयले खर्च बेहोरिदिएको पौडेलले स्पष्ट पारे । एक हप्ताभित्र शव पठाए अस्पतालले लिने शुल्कमा पनि राहत मिल्ने भएसँगै नेपाली नियोग पुगेर आवश्यक कागजपत्र तयार पार्न नेपाली नियोगका सहायक जनसम्पर्क अधिकृत(मन्दुब)ले खेलेको भूमिकाको सचिव संग्रौैलाले प्रशंसा गरे ।

हाया भिसामा कतार प्रवेश गर्दा गरिएको इन्सुरेन्सको रकम प्राप्तिका लागि लागि दूतावाससँग समन्वय गर्दै केश अघि बढ्ने संग्रौलाको भनाइ छ ।

श्रमिकका मुद्दामा सक्रियता बढाउँदै एनसीसी

गत महिनाको २५ जुलाईमा आफ्नो राष्ट्रिय एकताको महाधिवेशनकै साँझ कतारमा अप्ठ्यारो अवस्थामा परेका मोरङका २० वर्षीय निशान राईलाई एनसीसी कतारले नेपाल फिर्ती टिकट उपलब्ध गराएको थियो । 

त्यस्तै अमेरिका जाने क्रममा स्वास्थ्य समस्या भइ कतारको दोहाको सरकारी अस्पतालमा आकस्मिक रूपमा भर्ना गरिएका नेपाली नागरिक विनोद गौतमको उपचार र पुनःअमेरिका यात्राका लागि सचिव  संग्रौैलासहितले महत्वपूर्ण भूमिका खोलेका थिए । कतारमा समस्यामा परेका श्रमिकले आफ्ना समस्या एनसीसी कतारसमक्ष सिँधै फोन र ह्वाट्सएपमार्फत राख्न ७०००१३५३ को नम्बर सार्वजनिक गरेको छ  ।

ADV

सम्बन्धित खबर

Advertise