२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

फतुवा बिजयपुरको नगरसभा अन्योलमा

shivam cement
कृष्ण तिवारी
२०८२ साउन १९ गते २१:५१
फतुवा बिजयपुरको नगरसभा अन्योलमा

रौतहट : रौतहटको फतुवा बिजयपुर  नगरपालिकामा राजनीतिक स्वार्थका कारण नगर सभा कहिले हुने भन्ने अझै टुंगो लागेको छैन । पटक–पटक मिति तोकेपनि नगरपालिकाले नगरसभा गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र नगरसभा सम्पन्न भइसक्नुपर्ने भएपनि जिल्लाका फतुवा बिजयपुर नगरपालिकामा आर्थिक वर्षको पहिलो चौमासिक बजेट प्रभावित हुँदासमेत नगर सभा भएको छैन । 

नगरसभा हुन नसक्दा बजेट र कार्यक्रममार्फत जनतालाई दिनुपर्ने अत्यावश्यक सेवा प्रभावित बनेको छ । वार्षिक योजना र कार्यक्रमभन्दा बाहिरबाट व्यक्तिगत स्वार्थमा गत वर्ष गरिएका कार्यक्रमलाई अहिलेको वर्ष बजेट विनियोजन गर्न खोजिएपछि विवाद सिर्जना भइ नगर सभा हुन सकेको छैन । 

बजेट विनियोजन विषयको विवादकै कारण कार्यपालिका बैठकमा वार्षिक कार्यक्रम तथा बजेट तयारीको प्रतिवेदन साउन  महिनाको तेस्रो हप्ताका लागि सक्दासमेत पेस हुन नसकेको हो । 

प्रमुख  प्रशासकीय अधिकृत  भरत प्रसाद यादवले   वडाध्यक्ष  र कार्यपालिका सदस्यहरुले नगरसभा गर्न  तयार रहेको तर कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको श्रीमान मोहम्मद सेराजले आफ्नो  हठ नछोडेको कारण  नगरसभा  हुन नसकेको बताए । 

कार्यवाहक नगरप्रमुख  अम्बेया खातुन प्रक्रियागत ढंगले अगाडि आउन नचाहेको र एकलौटी रूपमा बजेट बाँडफाँट गर्न खोजेको वडा नं.२ को वडाध्यक्ष अनिरुद्व यादवले बताएका छन् । 

नियमानुसार आगामी आवको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराइ असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने हुन्छ । 

वडास्तरबाट तर्जुमा भइ आउनुपर्ने प्रायजसो विकासका योजना र कार्यक्रम नगरपालिकाको विषयगत समितिसम्म नै आइपुगेका छैनन् । 

नगरसभा हुन नसकेपछि नगरपालिकाले आव ०८२÷८३ का लागि आयव्ययको हिसाबकिताब राख्न सकेको छैन । 

‘कार्यालयको दैनिक सञ्चालनका लागि चाहिने स्टेसनरी सामग्रीदेखि नगरपालिकाले जनताको अत्यावश्यकीय सेवाका साथै दैवीप्रकोपका लागि खर्च गर्नुपर्ने बजेट छैन । बजेट नहुँदा नगरपालिकाले औषधी किनेर दिन सक्ने अवस्था छैन तर नगरपालिकाले नागरिकलाई दिने दैनिक सेवा जस्तो जन्मदर्ता, नाता प्रमाणित, चार किल्ला सिफारिस जस्ता सेवा प्रदान गर्ने व्यवस्था भने मिलाइएको छ ।’

स्थानीय जनताको प्राथमिकताको आधारमा वडा तहबाट नै विकासको योजना तर्जुमा भइ विषयगत समितिमा ल्याइनुपर्नेमा पालिकाको अधिकांश वडामा वडास्तरीय योजना तर्जुमा हुन सकेको छैन । 

फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकट बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियारद्वारा दोषी ठहर भइ विशेष अदालतबाट दण्ड जरिवाना तोकिएपछि उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकी थिइन् । खातुन कार्यवाहक भएदेखिनै विभिन्न कारणले सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ । नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा समयमा शिक्षक कर्मचारीले तलब पाउनेगरेका छैनन् । जनप्रतिनिधिबीच बजेटकै भागबण्डा नमिलेर यस आर्थिक वर्षको असार १० भित्र फतुवाविजयपुर बजेटल्याउन असफल भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise