२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘सोलार र व्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी छैन’ 

Nada
२०८२ साउन २० गते १३:२७
Shares
‘सोलार र व्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी छैन’ 

काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन् । 

ncell

उनकाअनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलर ब्याट्रिले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ । अहिले उद्योगहरुमा विद्युतको खपत त्यति नरहेको शाक्यले बताए ।

सोलर, ब्याट्रिले साँझ, बिहानको विद्युतको आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उनको भनाइ छ । यो ठूला जलविद्युतका हकमा रहेको उनले बताए । राजधानीमा आयोजित एक कार्यक्रमललाई सम्बोधन गर्दै शाक्यले सिंचाई हुने ठाउँहरुमा चोरीको समस्या देखिएको बताए । उनकाअनुसार त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्नुपर्छ । त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ । छिमेकी भारतको अनुभवले पनि त्यही देखाएकोे छ । तराई, पहाडतिर सिंचाईमा सोलर जोडिनुपर्छ ।

निर्देशक शाक्यले भने– ‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमाण्ड ब्याट्री र सोलरले पूरा हुन्छ भने हामी हाइड्रको पाछाडी लाग्नुपर्छ भन्ने छैन । हाम्रो डिमाण्ड भनेको दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्‍यो । हाम्रो राति त्यति बिजुली डिमाण्ड हुँदैन । औद्योगिक क्षेत्रमा अहिले त्यति बिद्युत् खपत छैन ।’

निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरुका सडक पोलमा विद्युत प्राधिकरणले बत्ति राख्दिने गरेतापनि पालिकाहरुले धेरै वर्षसम्म पनि विद्युत वक्यौता नतिर्ने गरेको बताए । उनकाअनुसार बजेटमा नगरहरुले वक्यौता व्यवस्था गर्ने गरेका छैनन् । अब पालिकाहरुले सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ । त्यो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने शाक्यले बताए । प्रशारण लाइका नजिक सोलर राख्ने र प्रशारण लाइनभित्र परेका जग्गाहरुको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको बताउँदै उनले पाइलट पोजेक्टका रुपमा खिम्तिमा सुरु भइसकेको बताए ।  

सम्बन्धित खबर