२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सरकारले बहुविवाह गर्न दिन खोज्नु प्रतिगमन होः सांसद शर्मा

Nada
२०८२ साउन २० गते १४:२३
Shares
सरकारले बहुविवाह गर्न दिन खोज्नु प्रतिगमन होः सांसद शर्मा

काठमाडौंः नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी सरकारले कानुनी प्रवन्ध गर्न लागेको भन्दै आपत्ति जनाएकी छन् ।

ncell

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएकी हुन् । संविधान प्रदत महिला अधिकार र नेपाल पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धी महासन्धी विपरित सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताइन् । उनले बहुविवाहालाई कानुनी मान्यता दिनेगरी कानुन मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताइन् ।

सांसद शर्माले भनिन्– ‘जनयुद्ध जनअन्दोलन र सबैखाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसकाप्रति घोर आपत्ति व्यक्त गर्दछु । यस सम्बन्धि प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’

सांसद शर्माले प्रतिगमनलाई आफूहरुले नस्वीकार्ने समेत स्पष्ट पारिन् । 

सम्बन्धित खबर