२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

चीनसँग आवश्यक समन्वय गरेर ३०–३५ वटा कन्टेनर नेपाल आउने वातावरण बनाऔं : बर्तौला

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १४:२९
चीनसँग आवश्यक समन्वय गरेर ३०–३५ वटा कन्टेनर नेपाल आउने वातावरण बनाऔं : बर्तौला

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असारमा गएको बाढी, पहिरोले केरुङ नाका अवरुद्ध हुँदा नेपाल आउने सबै कन्टेनर रोकिएको भन्दै सरकारको ध्यनाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले रसुवागडी केरुङ नाका अवरुद्ध भएका कारण तातोपानी नाकामा चाप परेको बताए ।

उनले तातोपानी नाकाबाट प्रत्येक दिन आठ-दश वटा कन्टेनर नेपालतर्फ आउने जाने अवस्था रहेको बताए । चाडपर्व आइराखेको सन्दर्भमा चीनबाट नेपाल आउने सामानहरु बढी ल्याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘चाडपर्व आइरहेको सन्दर्भमा चाइनाबाट नेपालतर्फ ल्याउनुपर्ने समानहरु पनि थोरै मात्रमा भित्रिरहेको अवस्था छ । नेपाल सरकारले चीनसँग आवश्यक रुपमा समन्वय गरेर ३०–३५ कन्टेनर बनाउँदा सहज हुन्छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले केरुङ रसुवागढी नाका छिटो खुलाउनुपर्नेमा समेत जोड दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise