२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ दफावार छलफलका लागि समितिमा पठाइयो

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १६:२१
‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं : प्रतिनिधि सभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । सभाको आजको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको सो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । 

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक प्रस्तुत गरेका थिए । त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले सभाअन्तर्गतका विभिन्न विषयगत समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्ताव प्रस्तुत गरे । सो प्रस्तावलाई सभाले सहमति जनाएको थियो । 

बैठकले नेकपा एमालेका तर्फबाट २०४८ सालमा प्रतिनिधि सभामा निर्वाचित सांसद खगराज शर्माको यही साउन ५ गते निधन भएकोमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधि सभाको अर्को वैठक यही साउन २१ गते १ बजे बस्नेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise