२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छः रामवरण यादव

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १८:३२
चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छः रामवरण यादव

काठमाडौंः नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका २४ मा रहेको गोगलप्रसाद नमूना माध्यमिक विद्यालयको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हिरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले अन्नको भण्डार, माछाको भण्डार, फलफूलको भण्डार रहेको मधेस चुरे विनाशका कारण मरुभूमिकरणतर्फ अग्रसर भइरहेको बताए । उनले चुरे विनाश रोक्न स्थानीयलाई अग्रसर हुन समेत आह्वान गरे । पूर्वराष्ट्रपति यादवले चुरेको वन विनाश गरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएकोमा समेत चिन्ता व्यक्त गरे । 

उनले शिक्षा र स्वास्थ्यमा राजनीति नहुनुपर्नेमा समेत जोड दिए ।  

ADV

सम्बन्धित खबर

Advertise