२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

डा. गोपाल पौड्यालद्वारा लिखित ‘पवित्र समाजवाद’ सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते २०:५०
डा. गोपाल पौड्यालद्वारा लिखित ‘पवित्र समाजवाद’ सार्वजनिक

काठमाडौं : डा. गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित पुस्तक ‘पवित्र समाजवाद’ सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा पूर्वप्रशासक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसी र विश्वकीर्तिमानी गीतकार तथा फोटोग्राफर हरिगोपाल प्रधानले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् । 

यो पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २५७ औँ पुस्तक हो । लेखक डा.पौड्याल काभ्रेपलाञ्चोक जिल्लाका राष्ट्रिय प्रतिभा हुन् र हाल बेलायतमा बसोबास गरिरहेका छन् । ३ सय ४ पृष्ठ लामो यस पुस्तकको मूल्य ५ सय रुपैयाँ राखिएको छ । पुस्तकमा नेपाली परिवेशमा आधारित रहेर समाजवादको सिद्धान्त प्रस्तुत गरिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा डा.रत्नकमल वैद्यले नेपाललाई भ्रष्टाचारमुक्त, छरितो न्याय प्रणालीसहितको र आर्थिक रूपमा समृद्ध राष्ट्र बनाउने दिशामा यो पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।

डा.इन्दुल केसीका अनुसार पुस्तकमा गहिरो अनुसन्धान, व्यावहारिक दृष्टिकोण र नीति निर्माणका ठोस उपायहरू समावेश गरिएको छ । एकदिने अदालतको व्यवस्था, प्रशासनिक सुधार, न्यायिक रूपान्तरण र आर्थिक समृद्धिका खाका यस पुस्तकका विशेषता हुन् । 

कार्यक्रममा शिक्षासेवी तथा साहित्यकार महेश्वर खनालले पुस्तक समाजशास्त्र, राजनीतिशास्त्र, संस्कृति, वातावरण र कृषि जस्ता विषयमा विश्वविद्यालयको पाठ्यपुस्तकका रूपमा पनि प्रयोग गर्न सकिने सुझाव दिए । साथै, एमए, एमफिल र पीएचडी स्तरका शोधार्थीहरूका लागि समेत यो पुस्तक उपयोगी स्रोत हुने अपेक्षा राखिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise