२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते ०९:२१
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी : अविरल वर्षासँगै खसेको पहिरोले आज बिहानैदेखि बैतडी-बझाङ जोड्ने जय पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सिगास गाउँपालिका-९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जय पृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise