२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

Nada
२०८२ साउन २१ गते १०:०२
Shares
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

झापा : झापाको गौरादह नगरपालिका-४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा चन्द्रमायाका छोरा २५ वर्षीय सुशीलले देखेपछि शव घरमा ल्याएका थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

यसअघि झापाको बुद्ध शान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको थियो ।

सम्बन्धित खबर