२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कोकिनसहित विदेशी महिला पक्राउ

Nada
२०८२ साउन २३ गते १७:२४
Shares
कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडौंः नेपाल प्रहरीले लागुऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ ।

ncell

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक जीवन निरौलाले कालो रङको  ‘ब्रा’भित्र लुकाएर ल्याएको एक किलोग्राम ९५० ग्राम कोकिनसहित उनलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी फरेरालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको सहप्रवक्ता निरौलाले बताए । 

uae

ताजा खबर

सम्बन्धित खबर