२०८२ साउन २३ गते शुक्रवार / Aug 08 , 2025 , Friday
२०८२ साउन २३ गते शुक्रवार
Ads

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन २३ गते १८:३९
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना पक्राउ

काठमाडौंः संगठित रूपमा कानुन विपरित मानव अङ्ग मृगौला झिकी मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ । 

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० घर भएका ३५ वर्षीय कुमार भन्ने राज कुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र सोही नगरपालिका–४ घर भएका ४७ वर्षीय राकेश नेपाली रहेका छन् ।

मानव बेचभिखन ब्यूरोबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं महानगरपालिका–२६ मित्रनगर नयाँबसपार्कबाट र राकेशलाई टोखा नगरपालिका–३ बानियाँटारबाट बुधबार तथा राज कुमारलाई काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० बाट बिहीबार पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रमममा उनीहरूले पीडितलाई विभिन्न प्रलोभन देखाई २०८२ जेठ महिनामा भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्‍याएको, मृगौला निकाले बापत ६ लाख रूपैयाँ रकम आउने, नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएकोमा पीडितले ईन्कार गर्दा डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा २०८२ साउन ९ गते वाँया मृगौला झिकेको खुल्न आएको छ । साथै उनीहरूले पीडतबाट झिकिएको मृगौला चर्को मुल्यमा बिक्रि गरी मानव अंगको गैरकानुनी व्यापार गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट संगठित अपराध निवारण ऐन, २०७० बमोजिम ७ दन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise