डडेल्धुराः अमरगढी नगरपालिका–१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ७ सय ८५ रूपैयाँ र २ सय ८ पत्ता ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।