दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : काठमाडौ नेशनल बक्स अफिसले बुधबार तीज म्युजिक अवार्ड २०७८ को ग्रान्ड फाइनल नेपाल चलचित्र विकास बोर्ड चाबहीलमा सम्पन्न गरेको छ ।
नेशनल बक्स अफिसले पहिलोपल्ट दुबईबाट शुरु गरेको अवार्ड कार्यक्रमलाई नेपालमा पनि निरन्तरता दिइरहेको छ । विगतका वर्षहरुमा थुप्रै अवार्डहरु आयोजना गरेको बक्स अफिसले यो वर्ष महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेशनल बक्स अफिस तीज म्युजिक अवार्ड २०७८ आयोजना गरेको हो । उत्कृष्ट पाँच मनोनयनबाट १८ विधामा अवार्ड वितरण गरिएको छ ।
कार्यक्रममा नायिका करिष्मा मानन्धर, नायक भुवन केसी र निर्माता दिपाश्री निरौलालाई सम्मान गरिएको थियो भने । तर नायक भुवन केसी सो कार्यक्रमा उपस्थित थिएनन् ।
उत्कृष्ट गायक अर्जुन सापकोटा, उत्कृष्ट गायिका समिला गुरुङ, उत्कृष्ट संगीतकार तिलक ओली, उत्कृष्ट गीतकार डिबि लामा परिश्रमी, उत्कृष्ट भिडियो चरि जेलैमा, उत्कृष्ट नव गायक, गायिका रिया घले, उत्कृष्ट नृत्य निर्देशक असोक वि.क, उत्कृष्ट नव निर्देशक अर्जुन सिलवाल, उत्कृष्ट छायाँकार विरेन्द्र भट्ट, उत्कृष्ट सम्पादन शक्ति गौचन, उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट स्टिुडियो अनामनगर, उत्कृष्ट मोडल पुरुष नाच्ने हो बिच्च बिच्चमा, उत्कृष्ट मोडल महिला इन्दु दनुवार, उत्कृष्ट युगल गायक, गायिका रोजी श्रेष्ठलगायतका विभिन्न विधा गरी १८ विधामा अवार्ड वितरण गरेको थियो भने घर भाँडुवा – ४ बाट बरिष्ठ कलाकार लक्ष्मि गिरी र रामचन्द्र अधिकारीलाई अवार्ड मार्फत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहाल, विशेष अतिथी वरिष्ठ गायिका ज्ञानु राणा रहेका थिए । सो कार्यक्रममा बोल्दै राणाले सरकारले गर्नुपर्ने यस्तो कार्यक्रम बक्स अफसिले गरिरहेकोमा खुसी व्यक्त गर्दै निरन्तरताको कामना गरिन् । कार्यक्रम सहजीकरण निर्देशक दिनेश पाख्रिन र गोपाल ढकाल छन्देले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies