काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका ३८ वर्षीय प्रदेश विक्रम थाम्सुहाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–११ थापाथलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।