२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

इजरायलका लागि चार स्वास्थ्य संस्था छनोट

shivam cement
मध्यान्ह
२०८२ भदौ २ गते ११:४६
इजरायलका लागि चार स्वास्थ्य संस्था छनोट

काठमाडौं : इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चारवटा संस्था सूचीकरणमा परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चारवटा संस्थालाई सूचीकरण गरेको हो । 

मन्त्रालयद्वारा गत साउन २९ गते गरेको निर्णयअनुसार सूचना जारी भएको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार स्टार हस्पिटल सानेपा, ललितपुर, हस्पिटल एन्ड एडभान्स ह्याम्स मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल इजरायल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू र किस्टल डायग्नोस्टिक प्रालि सिनामंगल काठमाडौं सूचीकरणमा परेका छन् । 

नेपाल मेडिसिटी हस्पिटल भैंसेपाटीको सूचीकरण प्रक्रिया भने हाललाई स्थगन भएको मन्त्रालयले जनाएको छ ।

सूचीकरण सम्बन्धमा विवाद भएपछि उच्च अदालत पाटनमा रिट दायर भएको थियो । रिट नं. ०८१–डब्लुओ–१२८८ को उत्प्रेषण परमादेश रिटमा २०८१ चैत ६ गते वैदेशिक रोजगारीका लागि इजरायल देशमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न पाँचवटा स्वास्थ्य संस्थाहरूलाई सूचीकरण गर्नु भन्ने परमादेश आदेश जारी भएको थियो । 

सोहीबमोजिम विशेषज्ञ समितिको मिति २०८२ साउन २७ गतेको निर्णय सिफारिसको आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत साउन २९ गते चारवटा स्वास्थ्य संस्थाहरूलाई सूचीकरण गरेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise